मेराविरुद्ध खेल भयो : प्रधानमन्त्री ओली

विदुर खबर २०७६ फागुन १४ गते १६:३९

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको र त्यसको मुकाबिला गर्न तयार रहेको बताएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने, राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनेसहित राष्ट्रपतिको अधिकार थप्‍नेसम्मका विषयमा संविधान संशोधनको प्रसंगलाई एकै ठाँउ राखेर प्रधानमन्त्री ओलीले आफूविरुद्ध ‘खेल’ भएको बताएका हुन् ।

Advertisement

 

‘पछिल्ला घटनाक्रमहरू जसरी विकसित भएका छन्। मेरोविरुद्धको खेल हो। तर म सबै कुराको सामना गर्न तयार छु,’ बुधबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धत गर्दै सचिवालयका एक सदस्यले भने, ‘निर्णय त तपाईंहरूले गरेरै आउनुभएको थियो। ल भैइहाल्यो। वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजा‌औं। अरु निर्णय गर्दै जाउँला।’

राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यको संख्या थप्‍ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव ओलीकोभएको सचिवालय सदस्यले जानकारी दिए। तर, प्रधानमन्त्रीको उक्त प्रस्तावमा सचिवालयका अरु सदस्यले असहमति जनाएका थिए। वामदेवलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनका लागि कार्यदल गठन गर्न सबै सहमत भएका थिए। उक्त सहमतिअनुसार माधवकुमार नेपाल नेतृत्वमा कार्यदल गठन भएको थियो। कार्यदललाई राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्‍नपाउने र मधेसकेन्द्रित दलका चासोमा पनि काम गर्न सक्‍ने जिम्मेवारी दिने सचिवालयको निर्णय थियो।

यसैलाई लिएर प्रधानमन्त्री ओलीले बुधबारको बैठकमा आफ्‍नो असन्तुष्टि र योजना सुनाएका हुन्।र,शनिबार बसेको सचिवालयले गरेकोनिर्णय गोप्य राख्‍ने सहमति पनि भएको थियो। सहमतिको २४ घण्टा नबित्दै कार्यदल गठन गोप्य राख्‍ने निर्णय नेता ईश्वर पोखरेलले चुहाएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए। तर, सचिवालयका एक नेताले प्रधानमन्त्री ओलीकै चाहनाअनुसार भंग गर्ने योजनामा नेपाल नेतृत्वको कार्यदल गठनको विषय बाहिर ल्याइएको बताए। सबैतिरबाट नेकपाको आलोचना भएपछि बुधबारको बैठकले नेपाल नेतृत्वको कार्यदल भंग गर्ने निर्णय गरेको छ। साथै बैठकले नेता गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ।

गौतम निवास भैंसेपाटी हुँदै पार्टी सचिवालयका बहुमत सदस्यहरूले आफूविरुद्ध लगातार दबाब बनाएको ओलीको बुझाइ छ। एमसीसी सम्झौता चाँडो संसद्‍बाट अनुमोदन गराउने प्रधानमन्त्रीको चाहना पनि पार्टीभित्रकै कार्यदलको सिफारिसपछि थप अन्योलमा परेको छ।

प्रतिक्रिया