अर्थमन्त्री खतिवडाको ठाउँमा बामदेव आउने भएपछि सेयर बजारमा रेकर्ड ब्रेक

विदुर खबर २०७६ फागुन १४ गते १५:१६

नुवाकोट । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अहिलेसम्मकै उच्च ४ अर्ब १५ कराेड रुपैयाँको कारोबार भएको छ । नेप्सेमा अहिलेसम्मको कारोबारको रेकर्ड ब्रेक भएको हो ।

Advertisement

नेप्सेमा गत आइतबार ३ अर्ब ६० करोडको कारोबार भएको थियो । कारोबार रकममा बुधबार नयाँ रेकर्ड कायम भएको हो ।बढ्दो क्रममा रहेको सेयर बजारमा राष्ट्रियसभामा अर्थमन्त्री डा युवराज खतिवडाको ठाउँमा बामदेव गौतम आउने भएपछि थप हौसिएको हो ।

नेप्से परिसूचक पछिल्लो एकसातामा मात्र करिब २ सय अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५० अंकले बढेर १५९६ बिन्दुमा पुगेको छ ।

Advertisement

प्रतिक्रिया