दाँत झारेर ल्याएको सर्पलाई नाग भन्दै डसाउन खोजेपछि बाबाजीको असली रुप बाहिरियो (भिडियो)

विदुर खबर २०७४ फागुन २ गते १४:१६

पशुपति क्षेत्रमा गाँजाको व्यपारमा लागेका भारतीय बाबाहरु पोखरामा भने सर्पलाई नाग भन्दै व्यपार गर्नमै व्यस्त रहे । पोखराको केदारेश्वर मन्दिर परिसरमा महाशिबरात्रीको दिन बाबाजीहरुले नाग भन्दै सर्प प्रदर्शन गरे । ब्ल्याक कोब्रा बताउँदै नाग हो भन्दै उनीहरुले लठिएको सर्पलाई भक्तजनसंग खेल्न छोडिदिए । भक्तजनलाई नागको दर्शन गराउँने निहुँमा उनीहरुबाट शिबका लागी भेटी भन्दै मनग्य पैसा समेत असुल गरे । कतिपय भक्तजनहरुले नाग नभएको वा भएको भएपनि बिरामी जस्तो वा लठिएको देखेपछि वास्ता नगरी गए भने धेरैले नाग गलामा पहिरिएर फोटो भिडियो समेत खिचे । बास्तबमा उक्त नाग नभई कालो सर्प रहेको पछि उनी बाबाजीले ब्ल्याक कोब्रा नाम दिएपछि थाहा भयो । उक्त सर्पको दाँत झिकिएको साथै टोक्दा पनि बिष नलाग्ने औषधी खुलाईएको बताए । त्यही कारण सर्प बिरामी जस्तो थियो । मानिसले जता लगे पनि कुनै प्रतिक्रिया दिएको थिएन । थप भिडियोबाट हेर्नुहोस् ।

Advertisement

प्रतिक्रिया