नुवाकोटको देविघाटबाट विप्लव माओवादी निकटका शिक्षक पक्राउ

विदुर खबर २०७६ फागुन ११ गते २०:५८
Arrested man in handcuffs with hands behind back

देविघाट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटबाट विप्लव माओवादी निकट शिक्षक संगठन नेपाल शिक्षक संगठन नुवाकोटका जिल्ला अध्यक्ष केशव वास्कोटा पक्राउ परेका छन ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ६ स्थाई निवासी बास्कोटाको गतिविधि शंकास्पद लागेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यसअघि जिल्ला प्रहरी कार्यालय नुवाकोटले विप्वल माओवादीका पुर्व जिल्ला सेक्रेटरी विन्तोसा सिलवाललाई पनि पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया