सहज बैकिड्ढ सुविधा दिन मेरोमाइक्रोफाइनान्सको ट्याब सेवा

विदुर खबर २०७६ फागुन ११ गते १०:३९

नुवाकोट । नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरुको सुविधाको लागि ट्याव बैकिङ तालिम सम्पन्न गरेको छ ।

Advertisement

नुवाकोटको बट्टारमा आयोजित तालिमलाई सम्बोधन गर्नुहुदै फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैकिड्ढ सुविधाहरु घर दैलोमै उपलब्ध गराउने उद्धेश्य अनुरुप यो सेवाको सुरुवात गर्न लागेको जानकारी दिनुभयो ।

नुवाकोट, धादिङ र गोरखाका ८ शाखा कार्यालयका कर्मचारीहरुले तालिम लिएका हुन् । तालिम इन्फो डेभलोपर्स प्रालिका सुवास गिरी, फाइनान्सका सूचना प्रविधि बिभाग प्रमुख सुशिल कुमार पुडासैनी, पुर्णिमा प्रोजेक्ट नुवाकोटका कार्यक्रम संयोजक घनेन्द्र रिजाल, परियोजना अनुसन्धान तथा बिकास विभाग प्रमुख माधब न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
फाइनान्सको ट्याब तथा मोवाइल बैकिङ,एसएमएस सेवाले ग्राहकहरुलाई छिटोछरितो माध्यमबाट डिजिटल सेवा सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Advertisement

मेरोमाइक्रोफाइनान्सले ६१ जिल्लामा १२१ शखा कार्यालयमार्फत १ लाख भन्दा बढी गरिव तथा बिपन्न घरपरिवारहरुलाई आर्थिक तथा सामाजिक कृयाकलापमा सहयोग गर्ने उद्धेश्यले बिभिन्न लघसवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया