सलमान खानलाई विदेश भ्रमण गर्ने अनुमति, नेपाल आउन बाटो खुल्यो
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई सेसन्स कोर्टले विदेश जान अनुमति प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रमका लागि खान आगामी जेठमा नेपाल आउने तयारी छ । यसअघि उनी आउने अन्तिम तयारी भएपछि विप्लव नेतृत्वको माओवादीले विरोध जनाएपछि स्थगित भएको थियो ।
अदालतको आदेश अनुसार अब सलमान आगामी फिल्महरुको छायांकनका लागि पनि विदेश जान सक्नेछन् ।
उनले अदालतमा निवेदन दिएर चार देश जाने अनुमति मागेका थिए । अभिनेता सलमान २५ मेबाट १० जुलाईसम्म क्यानाडा, नेपाल र अमेरिकाको यात्रा गर्ने भएका छन् ।
कृष्णसार शिकार मामिलामा सलमानलाई पाँचवर्ष कैद सजाय सुनाइएको छ । उद्यपि उनी दुई दिन जेल बसेर अहिले जमानतमा रिहा भएका छन् । अदालतले जमानत दिँदा सलमानले कयौं शर्तहरुको पालना गर्नुपर्ने बताएको थियो ।
सलमान खान अहिले आगामी फिल्म ‘रेस ३’ को छायांकनमा व्यस्त छन् । यसका साथै उनले केही दिन अघि अली अब्बास जफरका साथ फिल्म ‘भारत’ को पनि छायांकन शुरु गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया