राकृष्णको नेतृत्वमा मगर संघ नुवाकोटको कार्यसमिति चयन

विदुर खबर २०७६ फागुन १० गते २०:५९

विदुर । नेपाल मगर संघ नुवाकोटको छैठौ अधिवेशनले रामकृष्ण थापामगरको नेतृत्वमा १७ सदस्यीय कार्यसमति निर्विरोध रुपमा चयन गरेको छ ।

Advertisement

शनिवार विदुरमा भएको अभिवेशनले रामकृष्ण थापामगरको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमित चयन गरेको हो । समितिको उपाध्यक्षमा महेन्द्र थापामगर, सचिवमा बच्चुमाया सुनारी मगर , सहसचिवमा रामकुमार खड्का मगर र कोषाध्यक्षमा भरत पुलामीमगर चयन भएको नवनिर्वाचित अध्यक्ष रामकृष्ण थापामगरले जानकारी दिनुभयो ।

त्यस्तै संघको सदस्यहरुमा रजनी थापामगर, रामचन्द्र रानामगर, रामकुमार थापामगर, निरञ्जन खड्का मगर र रत्न रानामगर, कुमार रानामगर रहेका छन । त्यस्तै अन्य सदस्यहरुमा वासु थापामगर, कुमार थापामगर, श्रीकृष्ण पुलामी मगर र विश्वराज मगर रहेका छन ।

Advertisement

त्यस्तै शनिवार नै भएको नेपाल मगर महिला संघ नुवाकोटको तेस्रो अधिवेशनले रोजिना सुजाली मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमति चयन गरेको छ । तेस्रो अधिवेशनले रोजिनाको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पार्वती थापामगर, सचिवमा कविता थापामगर र कोषाध्यक्षमा देविमाया मगर चयन हुनु भएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा कोकिला थापामगर, सुमिता आलेमगर, शशी लुगेली थापामगर, सविता थापामगर, सावित्री रानामगर, एलिसा आलेमगर, सुनिता पुलामीमगर, मौसमी आलेमगर र भगवती थापागर चयन भएका छन ।

Advertisement

संघका दुबै निर्वाचित दपदाधिकारीलाई नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले सपथ ग्रहण गराउनुभएको छ ।

प्रतिक्रिया