रेजिना सुजाली मगरको नेतृत्वमा मगर महिला संघ नुवाकोटको कार्यसमिति चयन
विदुर खबर
२०७६ फागुन १० गते २०:४०

विदुर । नेपाल मगर महिला संघ नुवाकोटको तेस्रो अधिवेशनले रोजिना सुजाली मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमति चयन गरेको छ ।
शनिवार विदुरमा भएको तेस्रो अधिवेशनले रोजिनाको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पार्वती थापामगर, सचिवमा कविता थापामगर र कोषाध्यक्षमा देविमाया मगर चयन हुनु भएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा कोकिला थापामगर, सुमिता आलेमगर, शशी लुगेली थापामगर, सविता थापामगर, सावित्री रानामगर, एलिसा आलेमगर, सुनिता पुलामीमगर, मौसमी आलेमगर र भगवती थापागर चयन भएका छन ।
निर्वाचित पदाधिकारीलाई नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले सपथ ग्रहण गराउनुभएको छ ।
सम्बन्धित
प्रतिक्रिया