नुवाकोटमा चौथो निर्वाचन दिवस मनाइयो

विदुर खबर २०७६ फागुन ७ गते २०:४४

नुवाकोट । स्वस्च्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनिय र मितव्ययी निर्वाचन ः शान्ति स्थीरता, संवृद्धि र शुशासन भन्ने नाराका चौथो निर्वाचन दिवस नुवाकोटमा विविध कार्यक्रम गरि मनाइएको छ ।

Advertisement

दिवसको अवसर पारेर वुधवार जिल्ला समन्वय समितिको कार्यालय विदुरमा निर्वाचनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै सरोकारवालाहरुले देशले अबलम्बन गरेको निर्वाचन प्रणाली राम्रो भएपनि कार्यान्यनको पाटो फितलो बनेको बताएका छन । कार्यक्रममा बोल्दै सराकारवाहरुले निर्वाचन धेरै खर्चिलो भन्दै गएकोले साधारण मानिसले चुनाव जित्ने अवस्था नआउने बताए । त्यस्तै निर्वाचनमा राजनितिक दलहरुले झुटको खेती गर्ने गरेको भन्दै कार्यक्रममा सहभागहिरु असन्तुष्टि समेत व्यक्त गरेका छन ।

त्यस्तै दिवसका अवसरमा जिल्ला निर्वाचन कार्यालय नुवाकोटले “निर्वाचन र लोकतन्त्र” विषय वक्तृत्वकला मंगलबार नीतिगत रुपमा सदरमुकाम भित्रका एक सामुदायिक विद्यालयमा अन्तर्गत पृथ्वी माध्यमिक विद्यालयमा आयोजना गरिएको निमित्त जिल्ला निर्वाचन अधिकारी केशव राज जोशीले जानकारी दिए ।

चौथौं निर्वाचन दिवस २०७६ तथा मतदाता दर्ता दिवस सप्ताह मनाउने अन्तर्गत आयोजना गरिएको प्रतियोगितामा एघार जना विद्यार्थीहरुले सहभागिता जनाएको थियो । प्रतियोगितामा स्वेता कोईरालाले प्रथम, सविना पाण्डे द्वितीय र लेनिन देवकोटा तृतीय भएका थिए । विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र विदुर नगरपालिकाका प्रमुखले संयुक्त रुपमा क्रमश: २५ सय, २ हजार र १५ सय रुपैया नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रतिक्रिया