बाग्मति प्रदेशका मुख्यमन्त्रिले काम गर्न सक्नुभएन : अष्टलक्ष्मी शाक्य

विदुर खबर २०७६ फागुन ६ गते २०:०९
फाईल फोटो

                                               फाईल फोटो

नुवाकोट । बागमती प्रदेशमा दुईतिहाई बहुमतको सरकार चलाइरहेको नेकपाभित्र अन्तरकलह देखा परेको छ । नेकपाका प्रदेश सांसदहरुको असन्तुष्टि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ ।

Advertisement

कतिपय सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको चर्चा समेत चलिरहेका बेला नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत मुख्यमन्त्री डोरमणि पौडेल पार्टीभित्र अल्पमतमा परेको स्वीकार गरेकी छन् ।बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले मंगलबार रामेश्वर फुयाललाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरे । तर, त्यसमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका नेताहरुको सहमति थिएन ।

पार्टी इञ्चार्ज शाक्यले हस्तक्षेप गरेकै कारण केही दिन फुयालको सपथग्रहण रोकिएको थियो । तर, पार्टीको शीर्ष नेतृत्वबाटै स्वीकृति पाएपछि मुख्यमन्त्री पौडेलले फुयाललाई मन्त्री बनाए ।पछिल्लो समय मुख्यमन्त्री पौडेलविरुद्ध माधव नेपाल पक्षमात्र होइन, पूर्वमाओवादी पक्षका प्रदेश सदस्यहरु पनि एकजुट भएका छन् । पूर्वमाओवादी पक्षका मन्त्रीहरु शालिकराम जमरकट्टेल र युवराज दुलाल मुख्यमन्त्री पौडेलसँग असन्तुष्ट छन् ।प्रदेशको राजधानी तोक्न केन्द्रको हस्तक्षेप गराएका मुख्यमन्त्री कार्यक्षमता र शैली दुबैका कारण एक्लिँदै गएको प्रदेश इञ्चार्ज शाक्यले बताइन् । पार्टीको प्रदेश कमिटीले सरकार चलाउनुपर्नेमा, केन्द्रको आडमा मुख्यमन्त्रीले प्रदेश पार्टीलाई बाइपास गरेको शाक्यको आरोप छ ।

Advertisement

तत्कालीन एमालेमा समेत प्रदेश इञ्चार्ज रहेकी शाक्य आफंै मुख्यमन्त्रीको दाबेदार थिइन् । तर, संसदीय दलको निर्वाचनमा गुटगत रुपमा प्रदेश सदस्यहरु विभाजित हुँदा ओली गुटबाट उम्मेदवार बनेका डोरमणि पौडेल दलको नेता निर्वाचित भए ।त्यसयता मुख्यमन्त्री पौडेलले प्रदेश कमिटी होइन, राष्ट्रपति र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आदेश मात्र पालना गरेको आरोप अशन्तुष्ट पक्षको छ । पार्टीमा डोरमणिभन्दा सिनियर नेताहरु प्रदेशसभा सदस्य छन् ।

अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाई, अरुण नेपाल लगायतका नेताहरु मुख्यमन्त्री पौडेल भन्दा सिनियर हुन् । तर, दलको चुनावमा पौडेलले जितेपछि उनी मुख्यमन्त्री बने ।हेटांैडाको मेयर तथा नगरपालिका संघको अध्यक्ष हुँदा विकेन्द्रीकरणको पक्षमा राम्रो भूमिका खेलेका पौडेलले मुख्यमन्त्रीका रुपमा भने अपेक्षित काम गर्न सकेका छैनन् ।हेटौंडालाई स्थायी राजधानी बनाउने बेला धेरै प्रदेशसभा सदस्यहरु उनीसँग रुष्ट बने । त्यसको असर अहिले देखिन थालेको छ ।

Advertisement

प्रतिक्रिया