मेरोमाइक्रोफाइनान्सको नव प्रशिक्षार्थी कर्मचारीलाई लघुवित्त कार्यक्रम संचालन सम्बन्धी तालिम

विदुर खबर २०७६ फागुन ६ गते १९:५७

नुवाकोट । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा कार्य गर्ने नव प्रशिक्षार्थी कर्मचारीहरुका लागि लघुवित्त कार्यक्रम संचालन सम्बन्धी एक दिने लघुवित्त अभिमुखीकरण तालिमको आयोजना गरेको हो ।

Advertisement

तालिमको समापन कार्यक्रममा बोल्नुहुदै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले लघुवित्तको संचालनको शुरुवात, नेपालमा यसको स्थापना तथा हालको अवस्थाको वारेमा जानकारी दिनु भएको थियो । उहाँले लघुवित्त कार्यक्रम नेपालमा प्रभावकारी रुपमा संचालन हुदै आइरहेको र ग्रामीण क्षेत्रको आर्थिक विकासको लागि मेरुदण्डको रुपमा स्थापित भएको उल्लेअ गर्दै लघुवित्त कार्यक्रम सामाजिक कार्य भएकोले यस क्षेत्रमा काम गर्ने जोसुकै कर्मचारीको अन्तरआत्माबाटै सामाजिक भावना जागृत हुनुपर्ने धारणा राख्नुभएको थियो ।

तालिममा वित्तीय संस्थाको वारेमा जानकारी, नेपालमा लघुवित्तको वर्तमान अवस्था, लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहेको लघुवित्त संस्थाले जनाएको छ ।
कार्यक्रममा २९ जना नयाँ प्रशिक्षार्थीहरुका साथै कर्पोरेट कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, विभिन्न विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लघुवित्तले ६१ जिल्लामा एकसय १८ शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई आर्थिक तथा सामाजिक कृयाकलापमा सहयोग गर्ने उद्धेश्यले बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया