छोरीलाई करणी गरेको अभियोगमा फरार बुवा पक्राउ

विदुर खबर २०७६ फागुन ५ गते ८:४८

बुटवल ।आफनै ८ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा फरार बुवालाई ६ महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

गत साउन २३ गते छोरीलाई करणी गरेको अभियोगमा छोरीकी आमाले प्रहरीमा दिएको किटानी जाहेरी पछि बुवा फरार रहेको थियो ।तिलोत्तमा नगरपालिका वडा नम्बर १७ मा भएको उक्त घटनाका ४२ वर्षिय बुवालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भिमलाल भटृराईले बताउनु भयो ।

मदीरा सेवन गरि छोरीलाई करणी गरेको बुवा भारतमा लुकिछिपी बस्ने लेवर काम गर्ने गरेको र नेपाल आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको प्रनाउ भटृराईले बताउनु भयो ।

Advertisement

 

प्रतिक्रिया