चोरीको मोटरसाइकलसहित धादिङका दुई पक्राउ

विदुर खबर २०७६ फागुन ४ गते १९:५७

नुवाकोट । चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुई जनालाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक जनाले माघ २८ र अर्का मोटरसाइकल धनीले ३० गते मोटरसाइकल हराएको भन्दै निवेदन दिएका थिए । प्रहरीले विमललाई ललितपुरको एकान्तकुनाबाट र सानुकान्छालाई धादिङको सिम्लेफाँटबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ । यस्तै अर्काे दुई चोरीको मोटरसाइकलसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया