चोरीको मोटरसाइकलसहित धादिङका दुई पक्राउ
विदुर खबर
२०७६ फागुन ४ गते १९:५७
नुवाकोट । चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुई जनालाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङ थाँक्रेका विमल तामाङ र सानुकान्छा तामाङ रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । मोटरसाइकल धनीको निवेदनका आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक जनाले माघ २८ र अर्का मोटरसाइकल धनीले ३० गते मोटरसाइकल हराएको भन्दै निवेदन दिएका थिए । प्रहरीले विमललाई ललितपुरको एकान्तकुनाबाट र सानुकान्छालाई धादिङको सिम्लेफाँटबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले मोटरसाइकलसमेत बरामद गरेको छ । यस्तै अर्काे दुई चोरीको मोटरसाइकलसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया