डा.महतद्वारा बृहत ढाडाखर्क खानेपानि उद्घाटन
नुवाकोट।नुवाकोटको तारकेश्वर गाउँपालिका वडा १ ढाडाखर्क स्थित स्विस नागरिक बेर्नहाड बुलको आर्थिक सहयोग तथा पर्यटन ब्यवसायि मोहन लम्लास र स्थानीय समाजसेवि तथा जि पि फाउन्डेसन नुवाकोटका उपाध्यक्ष शिव अधिकारीको विशेष पहलमा निर्मित खानोपानि आयोजनाको शनिवार पुर्वअर्थमन्त्रि डा. रामशरण महतले उद्घाटन गर्नुभएको छ ।
करिव ५० लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको उक्त खानेपानी आयोजनाबाट करिव ४९ परिवारले लाभ पाउनेछन । कार्यक्रममा बोल्नुहुँदै पुर्व अर्थमन्त्री एंव नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले जननायक बि पि कोईरालाले २०१५ सालमा अगाडि बनाउनुभएको बिकाशका कार्यक्रमहरु गाउँ गाउँमा मोटोरवाटो , बिजुली बत्ति , बिद्यालय , खानेपानि ,स्वास्थ्यचौकि सञ्चार ,बिमानस्थ, मेडिकल कलेज लगायतका बिकाशका आयोजनाहरु २०४६ सालपछि बनेको नेपाली कांग्रेसको सरकारले पूरा गरेको बताउनुभयो । उहाँले २०४६ सालमा जम्मा ७००० कि मि मात्रै खनिएको नेपालको सडकमार्ग कांग्रेसले सरकारले झण्डै १ लाख कि मि बनाएको दाबी गनुभयो । डा.महतले अवको सरकारले यसलाई निरन्तरता दिएर सडकहरुको स्थरउन्नति गरेर जनताको बर्तमान समस्या समाधान गर्नुपर्ने ठाउँमा तेल र रेलका झुट , र हावादारि कुरा गरेर नेपाली जनतालाई झुक्याएर जनमतको अपमान गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधि सभा सदस्य बहादुरसिहं लामा , नेपाली कांग्रेसका युवा नेता एंव महासमिति सदस्य रमेशकुमार महत, ने का नुवाकोटका प्रबक्ता राजु थापा , जि पि फाउन्डेसन नुवाकोटको अध्यक्ष रमेशकुमार पाठक , महाधिवेशन प्रतिनिधिहरु चोकराज शाक्य , कृष्ण मिश्र पुर्व क्षेत्रीय सभापति राजकुमार भट्टराई लगायतका नेताहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया