कछुवासहित एक पक्राउ

विदुर खबर २०७६ माघ २९ गते १९:१२

काठमाडौँ । कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनसमेतले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा टेकुबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई कछुवासहित पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ललितपुर हरिसिद्धीका डेविट महर्जन छन् ।

उनलाई ललितपुरको पुल्चोकस्थित लाबिममल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँका अनुसार महर्जनले रु १२ लाखमा कछुवा कारोवार गर्न खोजेको खुल्न आएको छ । उनको झोला खानतलासी गर्दा ३४ कछुवाका बच्चा फेला परेको महाशाखाले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि मङ्गलबार जिल्ला डिभिजन वन कार्यालय हात्तीवन पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया