नेप्से सूचकमा सामान्य बृद्धि, कारोबार रकममा उत्साह कायमै

नुवाकोट । बुधबार नेप्से सूचकमा सामान्य बृद्धि भएको छ भने कारोबार रकम झण्डै डेढ अर्ब रुपैयाँ पुगेको छ।
कारोबारमा आएका १२ उपसमुह मध्ये ९ वटा उपसमुहको सूचक सकारात्मक देखिएका छन भने ३ वटा उपसमुहका सूचक सकारात्मक देखिएका छन्। बुुधबार नागरिक लगानी कोषको सबैभन्दा धेरै साढे ९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्सको ९ करोड ६८ लाख, एनआइसी एशियाको ६ करोड ९ लाख, स्वरोजगार लघुवित्तको ५ करोड ६ लाख र एनएमबि बैंकको ४ कराड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन ३ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्त्दा धेरैले बढेको छ। सेन्ट्रल फाइनान्स, गुँरास लघुवित्त र स्पर्श लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो। त्यस्तै स्वदेशि लघुवित्तकाे ८.९२ प्रतिशत, कालिका पावरको ८.०८ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.४६ प्रतिशत र लक्ष्मी लघुवित्तको शेयर मूल्य ७.२५ प्रतिशतले बढेको छ।
यता युनाइटेड माेदी हाइड्राेपावरकाे शेयरमूल्य सबैभन्दा धेरै ३.५३ प्रतिशतले घटेकाे छ भने ज्योति विकास बैंकको ३.०७ प्रतिशत, बरुण हाइड्रोपावरको ३.०३ प्रतिशत र नेपाल फाइनान्सको २.९६ प्रतिशतले घटेको छ।
प्रतिक्रिया