नुवाकोट महोत्सवको समय एकदिन थपियो

विदुर खबर २०७६ माघ २६ गते २०:५१

नुवाकोट । नुवाकोटको बट्टारमा जारी छैठौं नुवाकोट महोत्सवको समय एक दिन थपिएको छ ।

Advertisement

यहि माघ १६ गते बिहिबारबाट शुरु भएको महोत्सव आईतबारसम्म संचालन हुने बताईपनि व्यापारीहरुले एक दिन समय थप्न आग्रह गरेपछि महोत्सवको समय एकदिन थपिएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

सोमबार महोत्सवको समापन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले गर्नेछन । महोत्सवमा करिव २ सय ६५ भन्दा बढी स्टल रहेको छ ।

Advertisement

प्रतिक्रिया