भूकम्प प्रभावित चारसय सम्पदाको पुनःनिर्माण सम्पन्न
नुवाकोट । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएका ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो ।
चालु आवमा १५० सम्पदाको पुनःनिर्माण भइरहेको छ । चालु आवको अन्तिमसम्म भूकम्पले क्षति पुगेका ६० प्रतिशत सम्पदा बनाइसक्ने पुरातत्व विभागको लक्ष्य छ । बाँकी ४० प्रतिशत सम्पदा आव २०७८÷७९ सम्म सक्ने कार्ययोजना पनि विभागले सार्वजनिक गरेको छ । विभागमा आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षका लागि काठमाडौँ, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा राति पनि घुम्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । “भक्तपुरमा पर्यटकले राति घुम्न सकिने व्यवस्था गरिसकिएको छ, वसन्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रमा पनि छिट्टै यो व्यवस्था गरिँदै छ, उपत्यकाका सम्पदालाई एकापसमा जोड्न लागिएको छ, सम्पदाबीच साइकल लेन पनि बनाउने तयारी छ”, उहाँले भन्नुभयो ।
सम्पदा पुनःनिर्माणमा पुरानै सामग्रीको प्रयोग हुने जानकारी मन्त्री भट्टराईले गराउनुभयो । पुराना सामग्रीले काम नगर्ने अवस्था भएमात्र नयाँ निर्माण सामग्री प्रयोग गरिेने पुराना सामग्रीलाई सङ्ग्रहालयमा राख्ने सरकारको नीति रहेको उहाँले सुनाउनुभयो । पाटनमा यस्तो सङ्ग्रहालय बनिसकेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले धरहरा र रानीपोखरी प्राधिकरणले नै बनाइराखे पनि त्यसको स्वामित्व विभागसँगै रहेको जानकारी दिनुभयो । त्रिपुरेश्वरको महादेव मन्दिर क्षेत्र संरक्षणकै लागि काठमाडौँ विश्वविद्यालयलाई गुठी संस्थानले दिएको पनि उहाँले बताउनुभयो । विभागका निमित्त महानिर्देशक दामोदर गौतमले प्रदेश नं १ को विराटनगर क्षेत्रमा महाभारतकालीन विराट दरबार र किचकबधको पनि उत्खनन भइरहेको जानकारी दिनुभयो ।
सम्पदा पुनःनिर्माणमा पुराना निर्माण सामग्री र स्वरुपलाई नबिगारिएको दाबी उहाँले गर्नुभयो । विभागका प्रवक्ता रामबहादुर कुँवरले कपिलवस्तु क्षेत्रमा भइरहेको उत्खननले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट नै भएको तथ्य प्रमाणित गरेको सुनाउनुभयो । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्नेमा विश्वस्तरमै विवाद नरहेको जानकारीसमेत उहाँले गराउनुभयो । विभागका प्रमुख पुरातत्व अधिकृत डा सुरेशसुरस श्रेष्ठले उपत्यकाका विश्व सम्पदास्थलका १७० सम्पदामा गोरखा भूकम्पले क्षति पुगेको जानकारी गराउनुभयो । तीमध्ये हालसम्म १०१ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विश्व सम्पदा स्थल लुम्बिनीभित्र भइरहेका विभिन्न गतिविधिले त्यहाँको विश्वव्यापी महत्वमाथि पार्न सक्ने नकारात्मक प्रभाव कम गर्न एकीकृत व्यवस्थापन प्रक्रिया स्वीकृतिको लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया