आजको माैसम : दिउँसो मध्य र पूर्वी पहाडका केही भागमा बदलीसहित पानी पर्ने सम्भावना

विदुर खबर २०७६ माघ २६ गते ८:३९

नुवाकोट । अहिले पहाडी क्षेत्रको केही ठाउँमा सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

Advertisement

नेपालमा अहिले कुनै पनि मौसमी प्रणाली सक्रिय नरहेको भएपनि दिउँसोपख मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने संभावना रहेको मौसम्बिद् प्रतिभा मानन्धरले बताउनुभयो ।

आज राति पनि मध्य र पूर्वी पहाडका केही ठाउँमा बादल लाग्ने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पुर्वानूमान् महाशाखाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया