नुवाकोटमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविरको आयोजना


फाईल फोटो
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेपाली सेनाको जबरजङ्ग गणले आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
तारकेश्वर –४ स्थित बुधसिङमा आयोजित शिविरको उद्घाटन गर्दै गणका गणपति उदयबहादुर लामिछानेले सेनाले सधैँ नेपाली जनतामाझ सहयोगी मन र अपनत्वको भावना कायम राखी सहयोग गर्दै आइरहेको बताउँदै शिविरमा आफ्नो स्वास्थ्यबारे चिकित्सकलाई जाँच गराउन स्थानीयवासीलाई आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष रमेश वस्ती र उपाध्यक्ष तारादेवी रिमालले वृद्धवृद्धा, अपाङ्गता र अशक्तहरु साधारण उपचारकै लागि लामो बाटो धाएर जिल्ला सदरमुकाम जान परिरहेका अवस्थामा घरआँगनमै निःशुल्क स्वास्थ्य शिविर आएकाले तारकेश्वरवासीलाई ठूलो राहत मिलेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका –४ का वडाध्यक्ष राममणि अधिकारीले स्वास्थ्य शिविरमा सबै स्थानीय बासिन्दालाई आफ्ना रोगका बारेमा चिकित्सकलाई नलजाई, नडराई भन्न आग्रह गर्नुभयो । शिविरमा आज ८० महिला र ५४ पुरुषले उपचार सेवा लिएको वडा सचिव चन्द्रनिधि घिमिरेले जानकारी दिनुभयो । उपचार लिनेमा स्त्रीरोगका ३२ बिरामी थिए । शिविर शुक्रबारसम्म चल्ने जबरजङ्ग गणले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया