२० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यमा धक्का : भारत र चीनका घटे

विदुर खबर २०७६ माघ २३ गते २१:१४

काठमाण्डौ । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यका साथ तामझामसहित घोषणा गरेको भिजिट नेपाल २०२० को जनवरीमा नेपाल भित्रिएका पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

Advertisement

यसले नेपाल सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा धक्का लाग्ने देखिएको छ । र, सरकारलाई यो लक्ष्यलाई भेट्टाउन धौ धौ पर्ने समेत देखिएको छ ।  यो वर्षको जनवरीमा हवाई र स्थल मार्ग गरी ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन्  । जुुन गत वर्षको जनवरीको तुुलनामा २ प्रतिशतले कम हो । सन् २०१९ को जनवरीमा विभिन्न माध्यमबाट नेपाल भित्रिने पर्यटकको संख्या भने ८१ हजार २ सय ७३ रहेको थियो।

यो वर्षको जनवरीमा नेपाल भित्रिएका कुुल ७६ हजार ६ सय ८६ पर्यटकमध्ये ६५ हजार ९ सय ८३ पर्यटक हवाई मार्ग हँुदै र १३ हजार ७ सय ३ पर्यटक स्थलमार्ग हुँुदै नेपाल भित्रिएका हुुन् । नेपाल भित्रिएका पर्यटकमा पहिलो स्थानमा भारत रहेको छ । भारतबाट यो एक महिनाको अवधिमा १६ हजार ८ सय ८२ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुुलनामा ४.४ प्रतिशतले कम हो । गत वर्षको जनवरी महिनामा १७ हजार ६ सय ८३ भारतीय पर्यटकको नेपाल आगमन भएको थियो ।

Advertisement

यो वर्षको जनवरीमा नेपाल भित्रिने पर्यटकमा चिन दोस्रो स्थानमा रहेको छ । चिनबाट नेपालआउने पर्यटकको संख्या १३ हजार ३ सय ३ रहेको छ । जुुन गत वर्षको जनवरीको तुुलनामा ३ प्रतिशतले बढी हो । चिनमा अहिले प्राणघातक कोरोनाभाइरस फैलिएता पनि यसले नेपाल आउने पर्यटकको संख्यामा भने कुुनै प्रभाव पारेको देखिदैन । जनवरीको अन्तिमतिर संयुुक्त राष्ट्रसंघले स्वास्थ्य संकटकाल घोषणा गरेकाले पनि यो संख्यामा भिन्नता नदेखिएको नेपाल पर्यटन बार्डका अनुुसन्धान योजना तथा अनुुगमन निर्देशक मणिराज लामिछानेले बताए । तर उनले अब चिनमा तीव्र गतिमा फैलिरहेको भाइरसले नेपाल आउने पर्यटकको संख्या घट्न सक्ने अनुुमान गरे । ‘चिनमा देखिएको भाइरसले चिनिया पर्यटक घट्न सक्ने भएकाले हाम्रो ध्यान अब भारत, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, श्रीलंका, सिंगापुुर र बंगलादेशतर्फका पर्यटकतर्फ हुनेछ ।’ उनले भने ।

त्यस्तै जनवरीमा नेपालभित्रिने पर्यटकको सुुचिमा अमेरिका तेस्रो स्थानमा रहेको छ । अमेरिकाबाट यो महिना ६ हजार ३ सय ८६ पर्यटक नेपाल आएका छन् । नेपाल भित्रने पर्यटकको चौथौ, पाचौ, छैठौ, र सातौ स्थानमा क्रमशः दक्षिण कोरिया(४५५९), म्यान्मार(४४१७), थाइल्याण्ड(४०१०) र बेलायत(३५८९) रहेका छन् ।

Advertisement

सार्क राष्ट्रमा भारत पछि सबैभन्दा धेरै बंगलादेशी पर्यटक नेपाल भित्रिएका छन् । बंगलादेशबाट जनवरीमा २ हजार २ सय ८५ पर्यटक नेपाल भित्रिएका छन् । प्रतिशतका आधारमा बंगलादेशबाट जनवरीमा नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै वृद्धि भएको छ । गत वर्षको जनवरीको तुुलनामा यो वर्ष ७८ प्रतिशत वृद्धि भएको हो । त्यसपछि भुुटानी पर्यटक(१५९६), पाकिस्तान(४१२), र श्रिलंका(२९२) रहेका छन्।

प्रतिक्रिया