कांग्रेस सांसद लामाद्धारा दुई विद्यालयमा पोशाक वितरण

विदुर खबर २०७६ माघ २१ गते १८:४६

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य बहादुर सिंह लामाले नुवाकोटका दुई विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको छ ।

Advertisement

नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित सिलाकन्या देबि आधारभूत विद्यालय र जनहित प्राथमिक विद्यालय बोहोरे भन्ज्याङका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको हो । लामाको आर्थिक सहयोगमा सिलाकन्या देबी आधारभुत विद्यालयका २०९ र जनहित प्राबी बोहोरे भञ्ज्याङ्का ६० विद्यार्थीहरुलाई पोशाक बितरण भएको हो ।

विद्यालयको वार्षिकोत्सब समारोहको अवसरमा पोशाक वितरण गरिएको् हो ।

Advertisement

प्रतिक्रिया