लिखु गाउँपालिकामा न्यायिक समिति र मेलमिलापकर्ताहरुबीच अनुभव आदानप्रदान

विदुर खबर २०७६ माघ १९ गते १३:३५

विदुर । लिखु गाउँपालिकाको न्यायिक समिति र गाउँपालिकाभित्र क्रियाशिल रहेका मेलमिलापकर्ता एंव सरोकारवालाहरुबीच अनुभव आदान गरिएको छ ।

Advertisement

देवानी प्रकृतिका र कानूनले मेलमिलाप गराउन सकिने भनेर उल्लेख गरेका विवादलाई स्थानीयस्तरमै समाधान गरिदै आएका सरोकारवाला पक्षबीच कार्य अनुभवको आदानप्रदान भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले मेलमिलपामार्फत विवाद समाधान गराउँदा दिगो शान्तिको स्थापना, मुद्धा मामिलामा हुने आर्थिक भार नहुने र विवादित पक्षबीच राम्रो सम्बन्ध कायम हुने भएकाले मेलमिलापको लागी समुदायमा जागरण तथा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा लिखु गाउँपालिकका अध्यक्ष धुव्र श्रेष्ठले मेलामिलापको लागि स्थापना न्यायिक समितिको इजलाशको आवश्यक फर्निचर लगायका सामानहरु उपलब्ध गराउँदै आएको बताउनुभयो । सो कार्यक्रममा लिखु गाउँपालिकाको न्यायिक समितिका संयोजक एंव गाउँपालिका उपाध्यक्ष रोजिना राईले गाउँपालिको कानूनले मिलाउन सक्ने भनेर उल्लेख गरेका विवादलाई सामुदायिक मेलमिलाप मार्फत र वडा मार्फत मिलाउनको लागि प्रथामिकता दिएको र त्यहाँबाट समाधान नभएमा मात्र न्यायिक समितिमा छलफल गराउने गरेको बताउनुभयो । त्यस्तै वडा नं ६ का वडाध्यक्ष हरीशरण लामिछानेले न्यायिक समितिले गरेका कार्य तथा भएका मेलमिलापको तथ्याङ्क एक सातामा तयार गरेर प्राप्त अनुभव तथा कार्यलाई एकअपासमा साटासाट गरेर आगामी दिनमा थप प्रभावकारी बनाउनको लागी आफूहरु लागि पर्ने प्रतिबद्धता व्यत्त गर्नुभयो ।
‘शान्तिको लागी उन्नत सम्बन्ध’ भन्ने नाराको साथ नुवाकोटको गाँउगाँउमा सञ्चालनमा रहेको सामुदायिक मेलमिलाप केन्द्रको भूमिका समाजमा शान्ति स्थापनाको लागी प्रभावकारी हुदै आएकाले स्थानीय सरकारबाट प्राप्त सहयोग प्रभावकारी समेत भइरहेको जिल्लामा मेलमिलाप कार्यक्रम सञ्चचालन गर्दै आएको ‘प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोट’का संयोजक सिताराम पौडेलले बताउनुभयो । जिल्लामै मेलमिलाप अभियानमा लिखु गाउँपालिका उत्कृष्ट रहेको र लिखु गाउँपालिका वडा नं. ६ का सामुदायिक मेलमिलाप केन्द्रका संयोजक नवराज थापा नुवाकोटकै उत्कृष्ठ मेलमिलाप कर्ताको रुपमा सम्मानित समेत भएकाले लिखुको अनुभवलाई अन्य पालिकामा पनि लैजानुपर्ने उहाँले बताउनुभयो ।

समाजमा स–साना विषयमा उत्पन्न हुने विवाद तथा राजनीतिक प्रणालीले समेत एक अर्कामा मन नमिल्ने स्वभाविक प्रक्रियालाई मेलमिलाप मार्फत समाधानको लागी नमूनायोग्य काम लिखु गाउँपालिकामा हुदै आएको छलफलमा सहभागी सरोकारावालाहरुले बताएका छन् । सामुदायिक मेलमिलाप केन्द्र तथा न्यायिक समिति मार्फत प्राकृतिक श्रोतका प्रयोग, सीमा विवाद, पानीको मुहान उपभोग, सामान्य किसिमका झैझगडा लगायतका विवादको लागी प्रहरी–प्रशासनमा जानुपर्ने विवादको मेलमिलापले समाजमा दिगो शान्तिको स्थापनामा उल्लेख्य योगदान पुग्दै आएको छ ।

Advertisement

प्रतिक्रिया