नुवाकोट महोत्सवमा आज : हास्यकलाकार गजुरेल र गायिका जोशीले नुवाकोट हल्लाउँदै

विदुर खबर २०७६ माघ १९ गते ८:३४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा जारी छैठौं नुवाकोट महो्त्सवको चौथो दिन आज हास्य कलाकार मनोज गजुरेल, गायिका इन्दिरा जोशी लगायतले प्रस्तुति दिने भएका छन ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनमा भइरहेको महोत्सवमा आईतबार कमेडी किङको उपनाम पाएका वरिष्ट हास्य कलाकार मनोज गजुरेल तथा अहिलेकी चर्चित गायिका इन्दिरा जोशीले प्रस्तुती दिनेछन ।

त्यस्तै आजै लोकदोहोरी गायिका शर्मिला गुरुङ,सिता थापा र शिरिष देवकोटाले पनि विभिन्न प्रस्तुती दिने नुवाकोट उद्योग वाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

Advertisement

यसअघि शनिबार हास्यकलाकारहरु विष्णु सापकोटा, शिव शर्मा , गायक शिव हमाल, गायिका शिला विकलगायतले विभिन्न प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरञ्जन द्रिएका थिए ।

प्रतिक्रिया