छैठौं नुवाकोट महोत्सव : शनिवार अवलोकनकर्ताको भिड लाग्यो

विदुर खबर २०७६ माघ १८ गते १७:५६

नुवाकोट । नुवाकोटमा जारी छैठौ नुवाकोट महोत्सवमा शनिवार अवलोकनकर्ताहरुको भिड लागेको छ ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवको तेस्रो दिनमा अवलोकनकर्ताहरुको भिड लागेको हो ।महोत्सव हेर्न आज करिव १० हजारभन्दा बढी अवलोकनकर्ताहरु आएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

आज सार्वजनिक विदा परेकोले पनि अवलोकन कर्ताहरुको भिड लागेको हो । महोत्सवमा आज लोकदोहोरी गायक शिव हमाल, गायिका डिला बिकले विभिन्न सांस्कृति प्रस्तुती दिएका थिए ।

Advertisement

त्यस्तै हास्य कलाकार विष्णु सापकोटा अर्थात हर्के हल्दार तथा शिव शर्माले हास्य प्रस्तुती दिएका छन ।साथै नृत्यङ्गना एलिना रायमाझीले पनि आफ्नो प्रस्तुति दिएकी छिन । साथमा विभिन्न स्थानिय कलाकार र विभिन्न विद्यार्थीहरुले पनि विभिन्न प्रस्तुती दिएका छन ।

 

Advertisement

प्रतिक्रिया