आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना
विदुर खबर
२०७६ माघ १८ गते ८:२४
नुवाकोट । शनिबार पश्चिमी न्यून चापीय प्रणालीका कारण पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको छ । अन्य, ठाउँमा भने सामान्य बदली देखि हल्का वर्षा हुने मौसमविदले जनाएका छन् । मध्य तथा पश्चिमी पहाडी भेगमा केही दिनदेखि आंशिक बदली भइरहेको छ ।अझै दुई दिनसम्म देशका केही भागमा सामान्य बदली हुने मौसमविदको भनाई छ ।
तराईमा हुस्सु र कुहिरोका कारण घाम नलाग्ने तथा उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया