नुवाकोट उद्योग वाणिज्य संघको दादागिरी, वसपार्क छिरेका सवारीसाधनसँग पार्किङ शुल्क असुल्दै
विदुर खबर
२०७६ माघ १६ गते १८:५८

नुवाकोट । बिहिबारदेखि शुरु भएको छैठौं नुवाकोट महोत्सवमा अनौठो दृश्य देखिएको छ । कारण बट्टार वसपार्क भइ अन्यत्र जाने सवारी साधनको पनि पाकिङ शुल्क उठाइएको छ ।
संघले अन्यत्र हिँडेका सवारीसाधनहरुसँग पनि पार्किङ शुल्क असुल गरेको भन्दै अहिले सामाजिक संजाल फेसबुकमा व्यापक विरोध भइरहेको छ । संघले पार्किङ शुल्क मोटरसाईकलको लागि २५ रुपैयाँ र चार पाङ्ग्रे सवारीसाधनको ५० रुपैयाँ तोकेको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । पार्किङवापत वितरण गरिएको टिकटमा समेत आधिकारी हस्ताक्षर गरिएको छैन ।
यसैबिच सो विषयमा प्रश्न गर्दा वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बट्टार हुँदै अन्यत्र जाने सवारीसाधनसँग पार्किङ शुल्क नलिएको र केही कमीकमजोरी देखिए आफुहरु सच्चाउन तयार भएको बताए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया