चुरे फडानी बन्द गर : पुर्व राष्ट्रपति यादव
नुवाकोट । पुर्व राष्ट्रपति डा. रामवरण यादवले चुरेमा भएको वन जंगल फडानी रोक्नु पर्ने बताउनु भएको छ ।
नुवाकोटको बट्टारमा बिहिबार छैठौं नुवाकोट महोत्सवको उद्घाटन गर्दे पुर्व राष्ट्रपति डा. रामवरण यादवले सो कुरा बताउनुभएको हो । डा. यादवले तराईको वन समाप्त भएको, त्यस क्षेत्रमा रहेका ढुङ्गामाटोको व्यापार भएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ । पुर्व राष्ट्रपति यादवले अहिले रहेका देशमा तीन तहका सरकार भएपनि त्यस क्षेत्रको दोहन नरोकिएको बताउनुभयो ।
उहाँले चुरे क्षेत्रको संरक्षणको लागि प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले मनैदेखि लागेर काम गर्नुपर्ने बताउनुभयो । यादवले विभिन्न स्थानमा आवश्यकताको पहिचान गरेर मात्र वन क्षेत्रमा निर्माण कार्य गर्नुपर्ने बताउनुभयो । पुर्व राष्ट्रपति यादवले जल, जमिन र जंगल क्षेत्रको संरक्षण गरे मात्र वातावरणीय सन्तुलन कायम गर्न सकिने बताउनुभयो । उहाँले तराई क्षेत्रमा रहेका वन विनासले तराई मरुभुमी बन्न लागेको बताउनुभयो ।
उहाँले नेपालमा प्रकृतिले सबै किसिमका स्रोत दिएपनि त्यसको समुचित प्रयोग हुन नसकेको बताउनुभयो । यादवले विदेशी आयातित वस्तुहरुलाई दुरुत्साहन गरि स्थानिय सामाग्रीहरुलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया