रसुवाकी एक महिलामा कोरोना भाइरस सङ्क्रमणको आशङ्का
विदुर खबर
२०७६ माघ १६ गते १८:३२
रसुवा । चीनको केरुङबाट फर्किएकी २४ वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएको छ ।
उपचारका लागि बिहीबार बिहान जिल्ला अस्पताल रसुवा पुगेकी ती महिलामा कोरोना भाइरसको लक्षण देखिएकाले आशङ्का गरिएको अस्पतालले जनाएकाे छ । सङ्क्रमण भएको आशङ्कामा आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टन्डेन्ट डा. अनिलकुमार खरेलले बताउनु भयो ।
‘अहिले हामीले आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘बिरामीलाई काठमाण्डाै रिफर गर्ने वा स्याम्पल पठाउने भन्ने बारे छलफल भैरहेको छ ।’ ती महिला केरुङबाट गएकाे माघ २ गते नेपाल आएकी थिइन् । अस्पतालमा कोरोनाको आशङ्का गरिएका बिरामी आएमा छुट्टै कक्षमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया