‘अँध्यारो किन भयो भनेर १० बर्षसम्म थाहा नपाउनेलाई चिनौं र जेलको अँध्यारोमा धकेलौँ’

विदुर खबर २०७४ चैत २० गते १६:०३

खोज पत्रकारीता केन्द्रले सार्वजनिक गरेको रिपोर्टले यो मुलुकलाई एक दशकसम्म अध्याँरोमा राख्ने कुकृत्यको चिरफार गरेको छ । केही द्रव्य पिचासहरुले जनताको घर अन्धमुष्टी पारेर केही उद्योगी व्यापारीहरुको हड्डी चुसेको रिपोर्ट देखेर भाउन्न भएको छ ।

Advertisement

देशमा १६/१६ घण्टा अध्याँरो भएपछि आफ्नो र आफ्ना सन्तानको भविष्य उज्यालो नदेखेरै कति मानिस विदेशीए । लाखौ विद्यार्थीहरुले मैनबत्ती र टुकीको धिपधिपाउँदो ज्योती भित्र आफ्नो उज्यालो भविष्य खोज्न बाध्य हुनु प¥यो ।

जनताको घरमा खाना खाने बेला, साँझ विहानको संवेदनशिल र अत्यावश्यक समय पिक आवरमा विजुली काटेर केही पहँुचवाला र केही व्यापारीलाई बक्ति दिइएछ ।

Advertisement

जनताले खाना पकाउन लेखपढ गर्न, सानो तिनो व्यापार व्यसाय गरेर परिवार पाल्न पाएनन् तर जनतालाई अध्यारोमा राखेर, त्यही अध्यारोको व्यापार गर्नेहरुले पहुँचवालाहरुलाई विद्यृुत मात्र वेचेनन, विद्युत सँगै आफ्नै नैतिकता,इमान सब बेचे ।

२०६३ सालदेखि शुरु भएको यो खेलमा को को सहभागी थिए भन्ने जाँच्ने १ घण्टा पनि नलाग्ला । नेपाल विद्युत प्राधिकरणका सबै जिम्मेवार व्यक्तिहरु दण्डको भागीदार त छन् नै तर यति ठुलो भ्रष्ट्रचार र घोटाला तिनले मात्रै गरे होलान् ।

Advertisement

यो दश बर्षमा बनेका उर्जा मन्त्रीहरु के यो घोटाला बाट अनविज्ञ थिए ? मन्त्री नेता र तिनका दललाई सुइको सम्म भएन यत्रो भ्रष्ट्राचारको ?

२०६३ सालदेखि लोडसेडिङ अन्त्य भएसम्मका उर्जा मन्त्रालय सम्हाल्नु भएका मन्त्रीज्युहरुको नामावली यस्तो छ । उर्जामन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उर्जामन्त्री विष्णु पौडेल, उर्जामन्त्री प्रकाशशरण महत, उर्जामन्त्री भरत मोहन अधिकारी, उर्जामन्त्री गोर्कण विष्ट, उर्जा मन्त्री पोष्ट बहादुर बोगटी, उर्जामन्त्री उमाकान्त झा, उर्जामन्त्री टोपबहादुर रायमाझी ।

जब प्रश्न उठ्छ यती ठुलो भ्रष्टाचार र घोटालाको, के सारा दोष कर्मचारीहरुलाई लगाइदिएर पन्छीन मिल्छ ?क जना दुइ जना होइन आठ आठ जना मन्त्रीहरुलाई कर्मचारीले बेकुफ बनाएकै हुन त ? कि माननिय मन्त्रीज्युहरुले लोडसेडिङको अँध्यारोले गर्दा अरबाँै घोटालाको फाइल नै देख्नु भएन । लोडसेडिङ जनताको घरमा मात्र भएको हो कि यतिका प्रवृद्ध कर्मचारी, मन्त्री, नेताहरुको विवेकमा पनि भएको हो ?

अहिले त बक्ति आउँछ । जनताको घरमा पनि, अँध्यारो जबरजस्ती थोपर्नेहरुका घरमा पनि र अँध्यारो किन भयो भनेर १०/१० बर्षसम्म थाहा नपाउनेहरुका घरमा पनि ।

यो उज्यालोमा ती सबलाई चिनौ र साझेदार मतियार सबका सबलाई फेरी अँध्यारोमा धकेलौँ । जेलको कालो अँध्यारो कोठामा ।

प्रतिक्रिया