कोरोना भाइरसको संक्रमण रोक्न रसुवागढी नाका १५ दिन बन्द गरिने

विदुर खबर २०७६ माघ १४ गते २२:१४

रसुवा । बुधबारदेखि उत्तरी रसुवाको रसुवागढी नाका बन्द गरिने भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक ईन्द्र प्रसाद सुवेदीका अनुसार मंगलबार बिहान रसुवागढीमा नेपाल प्रहरी शसस्त्र प्रहरी र अध्यागमन कार्यालय र चिनियाँ प्रहरीबीच बसेको बैठकले बुधबारबाट नाका बन्द गर्ने निर्णय गरेको हो ।

दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न केरुङ तर्फ जाने सडकमा हिउँ परेको हुनाले र ढुङ्गाहरु खस्ने भएका कारण दुर्घटना हुने सम्भावना रहेको र ल्होसार पर्वको कारणले नाका बन्द गरिएको शसस्त्र प्रहरी सिमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्षमण थापाले बताउनु भयो ।

Advertisement

चाइना पास लिएका रसुवाका नागरिक नाका पारी मात्र जान पाउने र त्यहाँ रहेका अध्यागमन कार्यालय भन्सार लगाएतका कार्यालय भने खुला रहने छन । केरुङ जान गाडी र मानिसलाई १५ दिन रोक लगाइएको हो । नाका पारी भने जान पाइने गुल्मपति थापाले बताउनुभयो ।

प्रतिक्रिया