आजको मौसम : वर्षासँगै हिमपातको सम्भावना

विदुर खबर २०७६ माघ १३ गते ८:४८

नुवाकोट ।  हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली  नभए पनि आज साँझदेखि पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको  छ। तराई भेग तथा पश्चिमी पहाडी भू-भागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

Advertisement

भाेलि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया