नुवाकोटमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु
विदुर । नुवाकोटमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ ।
नुवाकोटका जिल्ला समन्वय समिति र १२ वटै स्थानीय तहसँग छलफल गरी कसरी गणना कार्य गर्ने भन्ने सम्बन्धमा सरोकारवालाहरुबाट आएका विचारलाई मध्यनजर गर्दै अघि बढ्ने तथ्याङ्क कार्यालय नुवाकोटले जनाएको छ ।
तथ्याङ्क कार्यालय नुवाकोटले हिजो बिदुरमा गरेको पत्रकार सम्मेलनमा कार्यालयका तथ्याङ्क अधिकृत नरेन्द्रकुमार शर्माले तथ्यगत विवरणमा राखिने सूचक र अबको दुई वर्षपछि हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढेको बताउनुभएको छ । उहाँले सबै स्थानीयतहको गणनाको नक्सा तयार गर्ने, जनगणना व्यवस्थापन र सञ्चालन निर्देशिका तथा मापदण्ड तयार गरी स्वीकृति लिने, जनगणनामा आवश्यक प्रश्नावली तयार गर्ने काम भइरहेको जानकारी दिनुभएको छ ।
यसैगरी, पाँच वर्षको बजेट व्यवस्थापनका लागि सरकार र दातृ निकायसँग सहयोग र समन्वय गर्ने, जनगणना सञ्चालन गर्नुपूर्व नमुना सर्वेक्षण तयारी गर्ने लगायतका काम भइरहेको भन्दै जनशक्तिलाई तालिम दिने, प्रचारप्रसार र सूचना शिक्षा तयारी, गणना सामग्री खरिदजस्ता कार्य पनि निरन्तर गर्दै जाने नुवाकोटका तथ्याङ्क अधिकृत नरेन्द्रकुमार शर्माले जानकारी दिनुभएको छ । ‘मेरो गणना : मेरो सहभागितामा’ भन्ने नाराका साथ सुरु गर्न लागिएको राष्ट्रिय जनगणना सहज पहुँच, उच्च नेटबर्क र ब्यबस्थापन जस्ता पक्षका आधारमा ट्याबलेट र कागजी प्रश्नावली प्रणाली हुँदै बिदेश स्थित कुटनैतिक नियोगमा द्धितीय गणना मार्फत राष्ट्रिय जनगणना सम्पन्न गर्ने लक्ष्य राखेको तथ्यांक कार्यालय नुवाकोटले जनाएकोे छ ।
२०६८ साल पश्चात अर्थात् दश-दश बर्षम गरिने जनगणनामा २०७८ बैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म प्रत्येक घरपरिवारको सूचीकरण गरिने भएको छ । यसैगरी, जेठ २५ गतेदेखि असार ८ गतेसम्म मूलगणना गरिने भएकाले तथ्य अंकमा आधारित रहेर जनगणनामा सहभागि हुन सबै नागरिकलाई आग्रह गरिएको छ । रसुवा र नुवाकोट कार्यक्षेत्र बनाएर काम गर्दै आएको तथ्यांक कार्यालयको अनुसार बागमती प्रदेश भित्रका काठमाडौँ र मकवानपुर जिल्लामा ‘नमूना छनोट’को रुपमा अहिले नै तथ्याङ्क संकलनको अभ्यास गर्न लागिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तयारी बिषयक अन्तक्रियामा देशभरको गाउँगाउँमा खटिने गणकको रूपमा प्रयोग गरिने शिक्षकको विद्यालयतह पश्चात गणित बिषय अध्ययन गरेकालाई समेत खटाउने तयारी रहेको कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया