नुवाकोटमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु

विदुर खबर २०७६ माघ ३ गते १८:५७

विदुर । नुवाकोटमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु भएको छ ।

Advertisement

नुवाकोटका जिल्ला समन्वय समिति र १२ वटै स्थानीय तहसँग छलफल गरी कसरी गणना कार्य गर्ने भन्ने सम्बन्धमा सरोकारवालाहरुबाट आएका विचारलाई  मध्यनजर गर्दै अघि बढ्ने तथ्याङ्क कार्यालय नुवाकोटले जनाएको छ ।
तथ्याङ्क कार्यालय नुवाकोटले हिजो बिदुरमा गरेको पत्रकार सम्मेलनमा कार्यालयका तथ्याङ्क अधिकृत नरेन्द्रकुमार शर्माले तथ्यगत विवरणमा राखिने सूचक र अबको दुई वर्षपछि हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढेको बताउनुभएको छ । उहाँले सबै स्थानीयतहको गणनाको नक्सा तयार गर्ने, जनगणना व्यवस्थापन र सञ्चालन निर्देशिका तथा मापदण्ड तयार गरी स्वीकृति लिने, जनगणनामा आवश्यक प्रश्नावली तयार गर्ने काम भइरहेको जानकारी दिनुभएको छ ।

यसैगरी, पाँच वर्षको बजेट व्यवस्थापनका लागि सरकार र दातृ निकायसँग सहयोग र समन्वय गर्ने, जनगणना सञ्चालन गर्नुपूर्व नमुना सर्वेक्षण तयारी गर्ने लगायतका काम भइरहेको भन्दै जनशक्तिलाई तालिम दिने, प्रचारप्रसार र सूचना शिक्षा तयारी, गणना सामग्री खरिदजस्ता कार्य पनि निरन्तर गर्दै जाने नुवाकोटका तथ्याङ्क अधिकृत नरेन्द्रकुमार शर्माले जानकारी दिनुभएको छ ।  ‘मेरो गणना : मेरो सहभागितामा’ भन्ने नाराका साथ सुरु गर्न लागिएको राष्ट्रिय जनगणना सहज पहुँच, उच्च नेटबर्क र ब्यबस्थापन जस्ता पक्षका आधारमा ट्याबलेट र कागजी प्रश्नावली प्रणाली हुँदै बिदेश स्थित कुटनैतिक नियोगमा द्धितीय गणना मार्फत राष्ट्रिय जनगणना सम्पन्न गर्ने लक्ष्य राखेको तथ्यांक कार्यालय नुवाकोटले जनाएकोे छ ।

Advertisement

२०६८ साल पश्चात अर्थात् दश-दश बर्षम गरिने जनगणनामा २०७८ बैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म प्रत्येक घरपरिवारको सूचीकरण गरिने भएको छ । यसैगरी, जेठ २५ गतेदेखि असार ८ गतेसम्म मूलगणना गरिने भएकाले तथ्य अंकमा आधारित रहेर जनगणनामा सहभागि हुन सबै नागरिकलाई आग्रह गरिएको छ । रसुवा र नुवाकोट कार्यक्षेत्र बनाएर काम गर्दै आएको तथ्यांक कार्यालयको अनुसार बागमती प्रदेश भित्रका काठमाडौँ र मकवानपुर जिल्लामा ‘नमूना छनोट’को रुपमा अहिले नै तथ्याङ्क संकलनको अभ्यास गर्न लागिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तयारी बिषयक अन्तक्रियामा देशभरको गाउँगाउँमा खटिने गणकको रूपमा प्रयोग गरिने शिक्षकको विद्यालयतह पश्चात गणित बिषय अध्ययन गरेकालाई समेत खटाउने तयारी रहेको कार्यालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया