भोलि उपत्यकाका ३ जिल्लाबाहेक बागमती प्रदेशमा विदा
नुवाकोट । सोनाम ल्होछारको अवसरमा शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
तामाङ समुदायको बाक्लो बसोबास रहेको यो प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बागमती प्रदेश मन्त्रिपरिषदको पुस २७ गतेको बैठकले माघ १० गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता मदनप्रसाद पोखरेलले काठमाडौं उपत्यकाका ३ जिल्लाका केन्द्र सरकार मातहतका कार्यालयबाहेक बागमती प्रदेशभित्रका सबै कार्यालयहरुमा सार्वजनिक विदा लागू हुने बताए ।
‘काठमाडौं उपत्यकाभित्रका संघ मातहतको कार्यालयमा विदा दिन गृह मन्त्रालयकै निर्णय चाहिन्छ, त्यसैले ती तीन जिल्लाका संघ मातहतका कार्यालयमा विदा हुँदैन, प्रदेशका अन्य जिल्लाका सबै कार्यालयमा विदा हुन्छ’ उनले भने । शुक्रबार काठमाडौं उपत्यकामा रहेका प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहमा भने विदा हुनेछ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया