त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार पाए ।
नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित
विदुर खबर
२०७६ माघ ९ गते १८:१८
नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया