घ्याङफेदीबाट बेपत्ता भएका विद्यार्थी अझै भेटिएनन्


लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चार दिनदेखि बेपत्ता विद्यार्थीको खोजी गर्न जाँदै । तस्बिर : सौजन्य निमा ग्याल्जेन शेर्पा
नुवाकोट । चार दिनदेखि लाङटाङ राष्ट्रिय निकुञ्जमा हराइरहेका दुई विद्यार्थीको खोजी कार्य तीव्र बनाइए पनि भेटिएका छैनन् ।
रसुवाको गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कन लागेका बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी सिन्धुपाल्चोक हेलम्बु र नुवाकोटको बीच हिमक्षेत्र घ्याङफेदीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । हेलम्बु गाउँपालिका १ का १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगर ७ का जापान लामा शुक्रबारदेखि एकैसाथ हराएपछि हेलिकप्टरबाट खोजी कार्य थालिएको छ । हेलम्बु गाउँपालिकास्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण गौतमकाअनुसार माघ २९ मा उनीहरू हेलम्बु पुगेका थिए । बुधबार गोसाइँकुण्ड गएका दुवै घ्याङफेदीस्थित फेदी लजमा बास बसे ।
प्रतिक्रिया