काठमाडौँमा जुनसुकै बेला बाध्यकारी लोडसेडिङ हुने
मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइनको २०५ नंम्बर टावर पहिरोको जोखिममा परी ढल्ने अवस्थामा पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५को कुरिनटारस्थित मनकामना केबलकार जाने गेटको नजिकै रहेको जग्गा पर्शुराम घिमिरेले खन्दा टावर नै ढल्ने अवस्थामा पुगेको हो ।
जग्गाधनी घिमिरेले पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा होटल खोल्न भिरालो जग्गालाई खन्दा पहिरो गई त्यहाँभन्दा माथि रहेको टावरको जगमा असर परी टावर नै ढल्ने जोखिमयुक्त अवस्था देखिएको छ । मर्स्याङ्दी नदी बेसिनमा निर्माण भएका जलविद्युत् आयोजनाको लगभग एक सय मेगावाट विद्युत् मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइनमार्फत काठमाडौं आइरहेको छ ।
टावर ढलेमा काठमाडौ उपत्यकामा एकातर्फ मागअनुसार विद्युत् आपूर्ति गर्न नसकी वाध्यकारी लोडसेडिङ गर्नु अवस्था आउने छ भने अर्कोतर्फ जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङबाट आइतबार काठमाडौं फर्कने क्रममा टावरको निरीक्षण गरी टावर ढल्ने जोखिम बढेर गएकाले सुरक्षात्मक उपाय नअपनाइ खन्ने कार्य बन्द गर्न आग्रह गरेका छन् ।
‘भिरालो जमिनमा खन्दा पहिरो गइरहेको छ, त्यसलाई रोक्न सुरक्षात्मक उपाय अपनाइएको छैन, पानी पर्नासाथ पहिरो जान सुरु भई टावर नै ढल्न सक्ने अवस्था देखिएको छ’ कार्यकारी निर्देशक घिसिङले जग्गाधनी घिमिरेलाई टेलिफोनमा भने । ‘जथाभावी खनिएकाले प्रोटेक्सनवाल लगाउँदासमेत पहिरो रोकिने अवस्था देखिंदैन, टावर ढलेर यसबाट उत्पन्न हुने हानी नोक्सानीको जिम्मेवारी तपाईंले नै लिनु पर्ने छ, टावर सार्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्नु पर्ने छ ।’
जवाफमा घिमिरेले यस्तो अवस्था आउला भनेर नसोचेको र होटल खोल्न बैकबाट ऋंण लिएकाले आफू डुब्ने अवस्थामा पुगी समस्यामा फसेको बताए । प्राधिकरणले गत वर्षको पुसमा घिमिरेलाई पत्राचार गर्दे तलतिर रहेको जग्गा खन्दा टावर ढल्ने सम्भावना रहेकाले टावरलाई असर पर्ने कार्य रोक्न र सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेको थियो । तर, खन्ने कार्य नरोकिएको र सुरक्षात्मक उपाय पनि नअपनाइकाले टावर झनै जोखिममा परेको हो ।
प्राधिकरणले मंगलबार पुनः पत्र पठाउँदै गत वर्ष गरिएको पत्राचार विपरीत खन्ने कार्य जारी राख्दा र सुरक्षात्मक कदम नचाल्दा टावर ढल्ने जोखिम बढेकाले तत्काल खन्ने कार्य रोकी सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । ‘लगभग एक सय मेगावाट पावर आपूर्ति भई रहेको मुलुकको राजधानी केन्द्रित उक्त प्रसारण लाइनमा अवरोध उत्पन्न भएमा त्यसले ठूलो क्षति निम्त्याउने सक्ने र तपाईंबाट सिर्जित अवस्थाको जिम्मेवार तपाईं स्वयं हुने व्यहोरा पुनः स्मरण गराउँदै यथासिघ्र सुरक्षात्मक कार्य सम्पन्न गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले जग्गाधनी घिमिरेलाई लेखेको पत्रमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया