१ घण्टा भन्दा बढी समय लाग्ने कार्यक्रमलाई बहिस्कारै नगरे पनि मुख भरीको जवाफ दिन शुरु गरौँ -सिधाकुरा जनतासंग

विदुर खबर २०७४ चैत १८ गते ७:५४

शनिबारको विदामा धेरै काम सक्नु पर्ने हुन्छ तर कुनै एउटा औपचारिक कार्यक्रममा जाने बित्तिकै पुरै दिन सकिन्छ ।

Advertisement

कारण यहाँ हरेक व्यक्ति बरिष्ठ ११ बजे शुरु हुने भनिएको कार्यक्रममा मिनिमम एक घण्टा प्रमुख अतिथिलाई कुरेर बित्छ ।

अनि शुरु हुन्छ आसन ग्रहणको लर्को । मञ्चमा राखिएका सारा कुर्सी फुल भैसक्दा पनि आसन ग्रहण सकिदैन । कार्यक्रम चल्दा चल्दै ढिला गरी आइपुगेकाहरुको नाम निरन्तर लिइन्छ ।

Advertisement

समयको यो भन्दा ठुलो बर्बादी केही होइन । त्यसपछि शुरु हुन्छ मन्तव्य । मन्तव्य शुरु हुन अघि आँखाले भ्याए जति सबका सबको नाम लिनै प¥यो सम्बोधनमा । भाषण हुन्छ फेरी अधिकांश थर्ड क्लास । न कुनै विचार, न कुनै वजन भएको न त केही नौलो र इन्टे«स्टीङ ।

पालै पालो बोलेको बोल्यै, बोलेको बोल्यै गरेर पुरा दिन खराब गरिदिन्छन् । यस्तो बे अर्थको बेष्ट अफ टाइमलाई चेन्ज गर्न सकिदैन ? सकिन्छ मजाले सकिन्छ ।

Advertisement

१ घण्टा भन्दा बढी समय केहिमा पनि लाग्दैन तर लामो लामो सम्बोधन, आएका जति सबका सबको आसन ग्रहण, प्रमुख अतिथीको कुराई बन्द हुनु पर्छ ।

कोही कोही बक्ता त फेरी यति स्लो बोल्छन् कि एउटा शब्द बोलेपछि अर्को शब्द निकाल्नु भन्दा पहिले ३ राउण्ड टाउको घुमाउँछन् । भाषण सकियो होला भनेर दंग त्यती खेर परिन्छ जब वतmाले अन्त्यमा भन्ने शब्द उच्चारण गर्छन ।

तर भ्रममा नपर्नुस र अन्त्यमा भनेको १५ मिनेट अघि भाषण सकिदैन । बिजोक त विदेशमा हुने कार्यक्रममा हुन्छ । हरेक व्यक्ति कुनै न कुनै संस्थाको अध्यक्ष वा पदाधिकारी हुन्छ नै । कथम कदाचित कुनै संस्थाको अध्यक्ष वा पदाधिकारी नभए अर्को संस्था खोलेरै भएपनि अध्यक्ष बनेकै हुन्छ ।

जब कुनै कार्यक्रम हुन्छ, दर्शक दिर्घामा भन्दा मञ्चमा आसन ग्रहण गर्नेहरु धेरै हुन्छन् । कुनै पनि कार्यक्रम सक्न एक घण्टा भन्दा बढी समय लाग्दैन । चिया र बिस्कुट खुवाएर समयको नास गर्दै आफ्ना बेतुकका भाषण सुनाएर सबका सबलाई बोर नगरौ र आफ्नो अमुल्य समय गस्ता गफाडीहरुको गफ सुनेर खेर नफालौँ ।

एक घण्टा भन्दा बढी समय लगाउने कार्यक्रम आयोजकहरुलाई बहिस्कारै नगरेपनि मुख भरीको जवाफ चाँही दिन शुरु गरौं

प्रतिक्रिया