धादिङमा ट्रकभित्रै मृत भेटिए चालक
विदुर खबर
२०७६ माघ ६ गते १९:५२

धादिङ । धादिङको गजुरी गाउँपालिका ६ बान्छेटारमा ना ६ ख ७००३ नम्बरको ट्रक चालक ट्रक भित्रै मृत भेटिएका छन् ।
रुपन्देही सालझण्डी ६ का ३० वर्षीय सूर्यप्रसाद डङ्गोरीया थारु ट्रकभित्रै मृत भेटिएकाे इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।ट्रकका सह चालक कपिलवस्तुका सिमोन थारुलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताउनु भयाे ।
सम्बन्धित
प्रतिक्रिया