भयो भैरहवा भन्सार कार्यालयको पर्दाफाँसः सेवाग्राहीसँग ५० रुपैयाँ घुस माग्दै कर्मचारी

विदुर खबर २०७४ चैत १८ गते ७:४०

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एक सरकारी कर्मचारीले सेवाग्राही सँग ५० रुपैयाँ लिएको भिडियो भाइरल भएको छ ।
भैरहवा भन्सार कार्यालयको यो भिडियोको बिषयमा हाम्रा धेरै दर्शकले चासो राखेपछि भैरहवा स्थीत हाम्रा टिभी जर्नलिष्ट सरीना मरासैनीले थप अनुशन्धान गरेकी छन् ।

Advertisement

भिडियोमा फारम भरेको भन्दै ५० रुपैयाँ माग्ने कर्मचारी भैरहवा भन्सार कार्यालय बेलहियाकी नायब सुब्बा गंगा कुमारी हरिजन हुन् ।
खासमा फाल्गुन २९ गते नेपाल प्रहरीका एक जवान भारतीय गाडी नेपाल प्रवेश गराउने अनुमति लिनका लागि भन्सार कार्यालय पुगेका थिए । कार्यालयबाट निशुल्क पाइने फारम लिँदा नासुु गंगा कुमारी हरीजनले पैसा माग्न थालिन् ।

यस पछि प्रहरी जवानले गोप्य रुपमा भिडियो रेकर्ड गरे र १० रुपैयाँ दिए । तर १० रुपैयाँ दिँदा हरीजनले उल्टो थर्काइन । फारमको ५० रुपैयाँ मागिन् ।

Advertisement

भारतीय नम्वर प्लेटका सवारी साधानले नेपाल छिर्दा ४ सय ५२ रुपयां राजश्व तिर्नु पर्ने हुन्छ । यहां त खाली रसिदका लागि पनि ५० रुपैयाँ लिदै आईएको रहेछ । हाम्रो टिम शनिवार भन्सार कार्यालय पुग्दा भने पैसा उठाउन बन्द गरिएको थियो ।

सबै कर्मचारीहरु आफ्नो स्थानमा बसेर काम गरिरहेका थिए । यसरी कार्यालय प्रमुख भुपाल राज शाक्यका अनुसार यसरी पैसा नउठाउने भने पनि कर्मचारीहरुले उठाउँदै आएका थिए ।

Advertisement

भन्सार कार्यालका कर्मचारीहरु बर्षाै देखि कोठा कोठामा सेवाग्राहीसँग अवैध पैसा उठाउँदै आएका थिए । अनावश्यक रुपमा पैसा मागिएको यो भिडियो सार्वजनिक भएपछि भने कर्मचारीहरु सतर्क भएका छन् ।

प्रतिक्रिया