नुवाकोट कांग्रेसका क्षेत्रिय प्रतिनिधि घिमिरेको निधन
गेर्खु । नेपाली कांग्रेस नुवाकोटको क्षेत्रिय प्रतिनिधि कृष्ण कुमारी घिमिरेको सोमबार विहान निधन भएको छ ।
विदुर नगरपालिका वडा नम्बर १० का क्षेत्रीय प्रतिनिधि कृष्ण कुमारी घिमिरेको ५८ वर्षको उमेरमा सोमबार विहान निधन भएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ । मृतक घिमिरेलाई सोमबार दिउँसो विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेश नेपाल, नेपाली कांग्रेसको तर्फबाट उपमेगरका प्रत्याशी गीता अमात्यm नेपाल शिक्षक संघ नुवाकोटका श्री कृष्ण प्याकुरेल लगायतले नेपाली कांग्रेस पार्टीेको झण्डा ओढाएर सम्मान गरेका छन ।
मृतक घिमिरले नेपाली कांग्रेसको सकृय सदस्य, वडा इकाई प्रतिनिधि भइ हाल क्षेत्रयि प्रतिनिधिको रुपमा काम गर्दे आउनुभएको थियो । टाउकोमा ट्युमर आएर दिर्घरोगी हुनुभएका घिमिरेले औषधी सेवन गरिरहनुभएको थियो । आईतबार विहानसम्म घिमिरेले घाँस काट्ने, घररायसी काम गरिरहनु भएको उनका श्रीमान कुलप्रसाद घिमिरेले जानकारी दिए । सोमबार विहान २ बजे एक्कासी बान्ता गरेको र उपचारको लागि एम्बुलेन्स ल्याउँदै गर्दै विहान घरमै उनको निधन भएको परिवारजनले बताएका छन ।
मृतक घिमिरेको एक छोरा र दुई छोरी रहेका छन । छोरा रोजगारीको शिलशिलामा दुबईमा रहेकोले छोरा आइपुगेपछि सोमबार साँझतिर अन्तेष्टी गरिने आफन्तले जनाएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया