नुवाकोटका व्यवसायी राजेन्द्र श्रेष्ठ सम्मानित

विदुर खबर २०७६ माघ ६ गते ९:२२

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा ॐ शिव शक्ति सप्लायर्सका प्रोपाइटर राजेन्द्र श्रेष्ठ सम्मानित भएका छन ।

Advertisement

जगदम्बा टिएमटीको बागमति प्रदेशभर उत्कृष्ट विक्रेता भएको भन्दै जगदम्बाले श्रेष्ठलाई सम्म्मानित गरेको हो । आईतबार काठमाण्डौको ¥याडिसन होटलमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको ॐ शिव शक्ति सप्लायर्स मार्फत जगदम्बाको विभिन्न हार्डवेयर सामाग्रीको आधिकारी विक्रेताको रुपमा काम गर्दे आएका श्रेष्ठले प्रदेश नम्बर ३ भर उत्कृष्ठ व्यवसाय गरेको जगदम्बा समुहले जानकारी दिएको छ । कार्यक्रममा देशभरका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया