प्रदेश सांसदले नुवाकोटे जनता झुक्याए : नेता केसी


जगदीश्वरनरसिंह के.सी.
नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले नुवाकोटबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले नसवाकोटे जनतालाई झुक्काएको बताएका छन ।
उनले नुवाकोटबाट प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहश्रले नुवाकोटलाई प्रदेशको राजधानी बनाउन पहल समेत नगराएको र प्रदेश नम्बर ३ को राजधानी हेडौडा काय भएको भन्त्दै असन्तुष्टी पोखेका हुन । आम नागरिकको पहुँच, प्रशासनिक सहजता, भौगोलिक सुगमता, पूर्वाधार जस्ता कारणले प्रदेश नं ३ को राजधानी हेटौँडा सुहाउँदो नहुँदा नहुँदै पनि नेकपाको सचिवालय बैठकले हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाए ।
नुवाकोटबाट प्रदेश सभा सदस्यको उमेदवार समेत रहेका केसीले जिल्लालाई प्रादेशीक राजधानी बनाउँछु भनेर जितेर गएकाहरु रबरस्टाप बनेको र जनता झुक्याएको भन्दै आलोचना गरेका हुन ।
प्रतिक्रिया