तस्कर घुस दिन आए हाम्रो टिमलाई, जवाफ माग्दा प्रहरीको भागाभाग । अस्पतालबाट रुवाउने स्काईप कल !

विदुर खबर २०७४ चैत १८ गते ५:४९

शनिबारको विदामा धेरै काम सक्नु पर्ने हुन्छ तर कुनै एउटा औपचारिक कार्यक्रममा जाने बित्तिकै पुरै दिन सकिन्छ ।

Advertisement

कारण यहाँ हरेक व्यक्ति बरिष्ठ ११ बजे शुरु हुने भनिएको कार्यक्रममा मिनिमम एक घण्टा प्रमुख अतिथिलाई कुरेर बित्छ ।

अनि शुरु हुन्छ आसन ग्रहणको लर्को । मञ्चमा राखिएका सारा कुर्सी फुल भैसक्दा पनि आसन ग्रहण सकिदैन । कार्यक्रम चल्दा चल्दै ढिला गरी आइपुगेकाहरुको नाम निरन्तर लिइन्छ ।

Advertisement

समयको यो भन्दा ठुलो बर्बादी केही होइन । त्यसपछि शुरु हुन्छ मन्तव्य । मन्तव्य शुरु हुन अघि आँखाले भ्याए जति सबका सबको नाम लिनै प¥यो सम्बोधनमा । भाषण हुन्छ फेरी अधिकांश थर्ड क्लास । न कुनै विचार, न कुनै वजन भएको न त केही नौलो र इन्टे«स्टीङ ।

पालै पालो बोलेको बोल्यै, बोलेको बोल्यै गरेर पुरा दिन खराब गरिदिन्छन् । यस्तो बे अर्थको बेष्ट अफ टाइमलाई चेन्ज गर्न सकिदैन ? सकिन्छ मजाले सकिन्छ ।

Advertisement

१ घण्टा भन्दा बढी समय केहिमा पनि लाग्दैन तर लामो लामो सम्बोधन, आएका जति सबका सबको आसन ग्रहण, प्रमुख अतिथीको कुराई बन्द हुनु पर्छ ।

प्रतिक्रिया