ग्लोबल आईएमईको कारोबार सोमबारदेखि खुल्ने
विदुर खबर
२०७६ माघ  ५ गते १७:२४
	
		
	
जनता बैंकसँग मर्जर प्रक्रिया कारण लामो समयदेखि रोक्का रहेको ग्लोबल आईएमई बैंक (GBIME) को शेयर कारोबार भालिदेखि खुल्ने भएको छ। नेप्सेले माघ ५ गते आइतबार बैंकको मर्जरपश्चात पहिलो कारोबारको लागि मूल्य तोकेको छ।
सोमबार बैंकको शेयर कारोबार २५२.४७ रुपैयाँमा पहिलो कारोबार हुनेगरी नेप्सेले मूल्य निर्धारण गरेको छ। बैंकले गत बुधबार (माघ १ गते) सूचीकृत बैंकले ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको थियो।
ग्लोबल आइएमई बैंक र जनता बैंकले गत मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन्। मर्जर सम्झौता पश्चात ग्लोबल आइएमई बैंक र जनता बैंकको असार २२ गते आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ।
गत असार १९ गते बिहीबार बैंकको शेयर २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 














बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया