रुखबाट खसेर वडा सचिवको मृत्यु
विदुर खबर
२०७६ माघ ४ गते १९:१३

काभ्रेको नमोवुद्ध नगरपालिका-९ का वडा सचिव श्रीराम सत्यालको रुखबाट खसेर मृत्यु भएको छ। शनिबार घर नजिकैको रुखमा स्याउला काट्न गएका सत्यालको रुखबाट खसेर मृत्यु भएको हो।
कोइरालाको रुख चढेर घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका सत्यालको उपचारका लागि धुलिखेल अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलका अनुसार उनको शव पोष्टमार्टमका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।
Advertisement
५० वर्षीया सत्याल लामो समयदेखि नमोवुद्ध नगरपालिका ९ को वडा सचिवको रुपमा रहेको नगर प्रमुख मेयर टंकप्रसाद तिमल्सिनाले जनाकारी दिए।
सम्बन्धित
प्रतिक्रिया