देशभरीकै मौसम बिस्तारै खुल्दै
विदुर खबर
२०७६ माघ ४ गते ८:५३
देशभरीकै मौसम अब बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
तर शनिबार पनि देशका थोरै ठाउँमा हल्का पानी र हिमपातको संभावना भने रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार शनिबार पानी परे पनि एकैछिन परेर रोकिनेछ ।
अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । काठमाण्डाै आसपास पहाडी क्षेत्रमा लागेको हुस्सु ९ बजेसम्ममा हटे पनि तराईमा लागेको हुस्सु हट्न समय लाग्ने मौसमविद् कँडेलको अनुमान छ ।
गएको २४ घण्टामा देशभरी नै पानी परेको छ । सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया