माघे पानीले खेती राम्रो हुने भन्दै नुवाकोटका कृषक हर्षित

विदुर खबर २०७६ माघ ३ गते १९:२१

नुवाकोट । देशैभर पानी र हिमाली भेगमा हिउँ परिरहेका बेला नुवाकोटका कृषकहरू उचित समयमा पानी परेको भन्दै हर्षित भएका छन् ।

Advertisement

जलवायु परिर्वतनका कारण समयमा पानी नपर्नाले उचित समयमा बाली नाली लगाउन नपाउने समस्या भोगेका किसानहरु माघे पानीले हटाएको भन्दै हर्षित भएका हुन् ।समयमै पानी परेपछि जिल्लाको विदुर, बेलकोटगढी नगरपालिकालका ,मेघाङ, सूर्यगढी, शिवपुरी लगायतका गाउँपालिका र नगरपालिकाका कृषकहरू हर्षित भएको हुन् । उच्च पहाडी भेगमा फागुनको दोस्रो सातादेखि मकै छर्न शुरु गरिने भएकाले गत वर्षहरूमा पानी नपर्ने समस्याले सताउँदै आएको थियो । तर यसपाली भने माघमा पानी परेपछि जमिन राम्रोसँग भिज्न पाएको छ ।

पहिले पहिले कम्तीमा पनि एक पटक महिनामा माटो गलुञ्जेले पानी पथ्र्यो । तर आजभोलि वर्षायाममा पनि पर्याप्त पानी नपरी खडेरी लाग्नाले अन्नबाली उब्जाउमा समस्या आउँदै गएको बूढापाकाहरू बताउँछन् ।
आज परेको पानीले गहँु, तोरीर जौ र तरकारीलाई राम्रो हुने भन्दै कृषकहरु हर्षित भएका हुन ।

Advertisement

प्रतिक्रिया