नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो
विदुर खबर
२०७६ माघ ३ गते ११:०४
चितवन। नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो ।
पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ ।
वर्षात्ले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । (रासस)
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया