नुवाकोटमा जनगणनाको तयारी सुरु

विदुर खबर २०७६ माघ २ गते २१:१३

विदुर । रााष्ट्रिय जनगणना २०७८ को नुवाकोटमा तयारी शुरु गरिएको छ ।

Advertisement

आगामी वर्ष २०७८ जेष्ठ २५ देखि असार ८ गतेसम्म हुने रााष्ट्रिय जनगणनाको तयारी शुरु गरिएको तथ्याङक कार्यालय नुवाकोटका तथ्याङक अधिकृत नरेन्द्र शर्माले जानकारी दिनुभयो ।  बहुमोडल दृष्टिकोणको आधारमा हुने जनगणनामा बढीभन्दा बढी पक्षहरुलाई समावेश गरिने उहाँले जानकारी दिनुभयो । जनगणनाको लागि विभिन्न १४ ओटा जिल्लामा पाइलटिङ सर्वे भइरहेको बताइएको छ ।

बिहिबार विदुरमा पत्रकारहरुसँग कुराकानी गर्दे रााष्ट्रिय जनगणनाको तयारी तिव्र पारिएको तथ्याङक कार्यालय नुवाकोटका तथ्याङक अधिकृत नरेन्द्र शर्माले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया